काठमाण्डौं । दिनभरको उतारचढाव पश्चात आज सेयरबजार अन्तिममा १८ अंकले बढेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज झण्डै एक अर्बले कारोबार पनि बढ्यो । सपोर्ट एण्ड रेसिस्टेन्टबाट नियाल्दा पछिल्लो ४ कारोबारमा बजारले २ हजार ८३२ को विन्दुमा सपोर्ट लिएको देखिन्छ ।
अर्थात बजारले ४ करोबारमा यो विन्दुबाट तल जान सकेको छैन । त्यसैगरि, बजार २ हजार ८८० को विन्दुबाट माथि जान पनि सकेको छैन । कारोबार तथा भोल्यूमबाट नियाल्दा २० दिनको अषौत कारोबार भन्दा तल कारोबार आएको देखिन्छ ।
डेली बेसमा मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार ३९ को तहमा चलेको देखिन्छ । घट्दो बजारमा यस्तो विन्दु २५ को तहसम्म पनि आउन सक्छ । सुपर ट्रेन्डबाट नियाल्दा बजार यस अघि नै वियरिस बनेको देखिन्छ ।
यस हिसावले आगामी कारोबारमा यदि बजारले हालको प्रतिरोध २८८० लाई ब्रेक गरेर माथि लाग्छ भने बजारले यहि बिन्दुबाट रिभर्सल पनि लिन सक्छ । तर बजार २८३२ को विन्दुभन्दा तल गएको खण्डमा भने बजारले केही समय साइडवेज पनि लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।