काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २.२५ प्रतिशतले बढ्दै १९ करोड ५९ लाख पुगेको छ । कम्पनीले यो अवधिसम्म १४ लाख ३१ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ८६ लाख ६७ हजार रुपैयाँ र वित्त खर्च ९६ लाख ४७ हजार रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ९१ लाख र कुल चालु दायित्व ८२ लाख ५० हजार रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.०८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ११३.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.३७ रुपैयाँ, तरलता अनुपात १४.४४ प्रतिशत र मूल्य आम्दानी अनुपात ५३.८१ गुणा कायम छ ।