काठमाण्डौ । जापानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल आएसँगै आज जापानको सेयरबजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स नयाँ उचाईमा पुगेको हो ।
निक्की २२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा बन्द भएको छ । यो अहिलेसम्मकै उच्च क्लोजिङ हो । इन्ट्रा डे कारोबारमा भने निक्की२२५ इन्डेक्स ४२ हजार ९९९.७१ विन्दुसम्म पुगेको थियो ।
यसअघिको इन्ट्रा डे हाई ४२ हजार ४२६ विन्दु रहेको थियो । जुन सन् २०२४ जुलाई ११ मा कायम भएको थियो । सन् २०२४ मा निक्की२२५ इन्डेक्सले सन् १९८९ को रेकर्ड तोडेको थियो ।
यस्तै टोकियो ब्रोडर टोपिक्सले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज टोपिक्स इन्डेक्स १.४ प्रतिशतले बढेर ३०६६.३७ विन्दुमा बन्द भएको छ । जुन हालसम्मकै उच्च हो ।