काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश क्षमता २०.२८ प्रतिशत पुर्याएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा २४ करोड ५९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म ३४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०द्ध.६० प्रतिशतले बढी हो । अघिल्लो आवकाृ उक्त अवधिसम्म कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १३.१५ प्रतिशतले बढ्दै ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि ८ करोड ५८ लाख रुपैयाँबाट बढेर १० करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ५० करोड २१ लाख रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको निक्षेप संकलन १९ अर्ब ९९ करोड र कर्जा प्रवाह १६ अर्ब ८७ करोड रहेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज ५ करोड ८० लाख रुपैयाँले रिभर्सल भएको छ । कम्पनी खराब कर्जा अनुपात घटाउन सफल भएको छ । अघिल्लो आवमा ३.६८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १.८३ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.५७ रुपैयाँबाट बढेर २९.१५ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८४.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.९८ गुणा र तरलता अनुपात २४.६४ प्रतिशत कायम भएको छ ।