काठमाण्डौ । आम्दानी घट्दा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.३० प्रतिशतले कम हो ,
अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ४७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी भने २९.१८ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म १९ करोड ७४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २७ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनी खर्च पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ११ करोड ९४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १२ करोड ६० लाख कुल खर्च गरेको छ । कम्पनीले यो अवधिसम्म १५ करोड १० लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ३१ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ४० करोड ७१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७५.३८ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९४.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५३१.९२ गुणा कायम भएको छ ।