IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 05:54:16
IME remit
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तको नाफा ३३२.३०% वृद्धि, लाभांश क्षमता ३२.४६%

Hyundai Nepal
डिप्रोक्स लघुवित्तको नाफा ३३२.३०% वृद्धि, लाभांश क्षमता ३२.४६%
Shivam Cement

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३३२.३० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १५ करोड ९८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले ६९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको खुद ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा संस्थाले १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । 

जुन यो अघिल्लो आवको तुलनामा ३४.४५ प्रतिशत बढी हो । संस्थाको खराब कर्जा अनुपात (एनपीएल)भने बढेको छ । अघिल्लो आवमा ५.८९ प्रतिशत रहेको संस्थाको एनपीएल गत आवमा बढेर ७.७३ प्रतिशत पुगेको छ । त्यस्तै, संस्थाको सिडि रेसियो ११२.६७ प्रतिशतबाट बढेर ११२.९७ प्रतिशत, बेस रेट १३.६० प्रतिशतबाट घटेर १२.१२ प्रतिशत, कस्ट अफ फण्ड ९.३४ प्रतिशतबाट घटेर ७.७७ प्रतिशत र स्प्रेड दर ५.५८ प्रतिशतबाट बढेर ७.१३ प्रतिशत पुगेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म एक अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो संस्थाको रिटेन्ड अर्निङ वृद्धि भई ६० करोड ६४ लाख रुपैयाँ पुगेको छ भने रिभर्जको आकार १ अर्ब २१ करोड ५४ लाख रुपैयाँबाट बढेर १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ६० करोड ६४ लाख रुपैयाँ रहेको छ । 

यो नाफा अघिल्लो आवको तुलनामा ८८.८९ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ६५ लाख रुपैयाँ मात्रै छुट्याएको थियो । अघिल्लो आवमा १८.८३ प्रतिशत मात्रै लाभांश क्षमता रहेको यो संस्थाको गत आवको लागि भने ३२.४६ प्रतिशत पुगेको छ । 

संस्थाको इपीएस पनि ९.३७ रुपैयाँबाट बढेर ३६.९९ रुपैयाँ पुगेको छ । त्यस्तै, नेवटर्थ २०८.८४ रुपैयाँ, तरलता अनुपात ६.०९ प्रतिशत, पीई रेसियो २३.८५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४५१.८० रुपैयाँ रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.