IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 08:00:06
IME remit
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तको लाभांश क्षमता ५८.०४%, अन्य सूचकमा देखियो सुधार

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तको लाभांश क्षमता ५८.०४%, अन्य सूचकमा देखियो सुधार
Shivam Cement

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो झण्डै शतप्रतिशत कम गरेको छ । अघिल्लो आवमा १२ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो संस्थाले गत आवमा भने ९१.७० प्रतिशत कम गरेर एक करोड मात्रै घाटा ब्यहोरेको छ । संस्थाले गत आवको अन्त्यसम्म २९ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 

यो आम्दानी अघिल्लो आवको तुलनामा १८.४० प्रतिशत कम हो । अघिल्लो आवमा संस्थाले ३५ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लागि ल्याएको कर्जा पुनर्संरचनाको व्यवस्थाले गर्दा संस्थाको खराब कर्जा घट्न गई अघिल्लो आवको तुलनामा घाटा कम भएको हो । 

अघिल्लो आवमा २६.४१ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात गत आवमा घटेर २१.०६ प्रतिशत कायम भएको छ । साथै संस्थाको सञ्चालन मुनाफा बढ्न पुग्दा घाटा कम भएको हो । अघिल्लो आवमा ३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको संस्थाको सञ्चालन मुनाफा गत आवमा भने एक करोड ३७ लाख रुपैयाँ पुगेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत आवसम्म २९ करोड १३ लाख रुपैयाँ चुक्तापूँजी रहेको संस्थाको रिटेन्ड अर्निङ १६ करोड ९० लाख रुपैयाँ र रिजर्भमा ३० करोड ७० लाख रुपैयाँ रहेको छ । साथै संस्थाको सिडि रेसियो १६७.८४ प्रतिशत, कस्ट अफ फण्ड ९.२१ प्रतिशत, बेस रेट १५.०६ प्रतिशत र स्प्रेड दर ४.८४ प्रतिशत रहेको छ । 

यता संस्थाको इपीएस ४७.७३ रुपैयाँ ऋणात्मक रहेकोमा गत आवमा ३.९६ रुपैयाँ ऋणात्मक रहेको छ । साथै नेवटर्थ १९७.८७ रुपैयाँ, पीई रेसियो ४२३.५३ गुणा ऋणात्मक, तरलता अनुपात ३३.१७ प्रतिशत रहेको छ । संस्थाले एक करोड रुपैयाँ घाटामा रहेपनि गत आवको अन्त्यसम्म १६ करोड ९० लाख ९१ हजार रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । यस आधारमा संस्थाको लाभांश क्षमता ५८.०४ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.