काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । लाभांश वितरण प्रयोजनाका लागि प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय गरिएको हो ।
साउन ३० गते बसेको योजना व्यवस्थापक प्रभु क्यापिटको सञ्चालक समितिको बैठकले यी योजनाका लागि घोषणा गरिएको लाभांश वितरण प्रयोजनका लागि भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । यसर्थ भदौ १४ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई रितपूर्वक दाखिल हुने इकाईधनीहरु मात्रै नगद लाभांशको हकदार हुनेछन् ।
प्रभु सेलेक्ट फण्डका लागि १२ प्रतिशत नगद लाभांश र प्रभु स्मार्ट फण्डका लागि १० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।
यी दुबै फण्ड बन्दमुखी योजना हुन् ।