काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बिहान १० बजे खोलिने छ ।
कम्पनीले गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।