काठमाण्डौ । पिपुल्स पावर लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर भदौ ५ गते बाँडफाँड गरिएको हो ।
पिपुल्स पावरले गत असार १ गतेसम्म कायम सयेरधनीका लागि असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ९१ हजार ९३८ जना आवेदकलाई २७ लाख ७१ हजार २२१ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ३ लाख ९१ हजार ७७९ कित्ता सेयर भने अवितरित रहेको छ ।
आफ्नो कायम हकभन्दा बढी सेयर माग राखि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रद सेयर बापतको रकम भदौ ८ गतेदेखि आईपीएसमार्फत आवेदकहरुको बै.क खातामा जम्मा गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।