काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्घक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बाँडफाँड भएको छ ।
गत साउन २९ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरिएको यो योजना भदौ १६ गते बाँडफाँड गरिएको हो । १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाई निष्कासन गरिएको थियो ।
उक्त अवधिभर रितपूर्वक आवेदन दिएकालाई बीजपूँजी समेत बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
बाँडफाँड सम्बन्धी विवरण सिडिएस एण्ड क्लियरिङको बेबसाइट वा एनआईसी एशिया क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिनेछ ।