काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकि लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
आज एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा दुवै संस्थाका उच्चपदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सम्झौतापत्र अनुसार चैत ४ गतेदेखि संस्थाको सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत सेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङबाट हुनेछ ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रिय स्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                