काठमाण्डौ । सानिमा मिडल तमोर हाइड्रोले ४७ मेगावाट क्षमताको दुधकोशी ४ जलविद्युत आयोजनामा ६ प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने भएको छ। कम्पनीको भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आयोजनाको विकास, निर्माण तथा सञ्चालनका लागि विशेष उद्देश्य कम्पनी स्थापना गरी लगानी गर्न लागेको हो ।
आयोजना निर्माणका लागि विद्युत विकास विभागद्वारा जारी प्रस्तावमा बुट मोडलमा लगानी गर्नका लागि सानिमा मिडल तमोर हाइड्रो र भ्योमा हाइड्रोपावर प्रालिको संयुक्त उपक्रम ज्वाइन्ट भेन्चर जेभी छनौट भएको थियो ।