सानिमा मिडिल तमोरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज २९ गते काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश...