काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जेनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।
‘शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि भएको प्रहरी दमनप्रति हाम्रो पार्टी कडा भत्र्सना गर्दछ । यस क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै, घाइते आन्दोलनकारीहरूको उपचार र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘जेनजी पुस्ताले उठाएका सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धका आवाजहरू न्यायसंगत र जनपक्षीय छन् । अतः ती मागहरूलाई जिम्मेवारीपूर्वक सम्बोधन गर्न हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’