शुक्रबार, असार ५,२०८३ 11:49:17
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 11:49:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग

Laxmi Sunrise Bank Limited
सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग
Shivam Cement

काठमाण्डौ । जेनजीको विभिन्न समूहबीच अन्तरिम सरकारको प्रमुखको रुपमा अगाडि बढाउने नामको विषयमा आपसी असहमति देखिएको छ ।  

जेनजीको एउटा ठूलो समूहले अन्तरिम सरकारको प्रमुखको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि बढाउनुपर्ने निर्णय गर्दै सोही व्यहोराको जानकारी नेपाली सेनालाई पठाइसकेको छ । 

Bizshala
New Office
CG Motors

सोही विषयमा जंगगी अड्डामा जेनजीका प्रतिनिधिहरुसँग वार्ता भइरहँदा बाहिर भने युवाहरुको ठूलो समूहले सुशीला कार्कीको नामप्रति असन्तोष पोख्दै नाराबाजी गरिरहेका छन् ।  

जंगगी अड्डा अगाडि भेला भएका जेनजीहरुले बालेन शा, हर्क साम्पांग, सागर ढकाल जस्ता युवा पुस्तालाई अन्तरिम सरकार प्रमुखको रुपमा अगाडि बढाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।

उनीहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाएर फेरि बूढाहरुलाई नै ल्याउने प्रपञ्च आफूहरुलाई स्वीकार्य नहुने समेत सो क्रममा बताएका छन् । 

Garima Development Bank
Shivam Cement
Bizshala

अहिले नेपाली सेनाले जेनजीका विभिन्न समूहहरुबाट उनीहरुले दिने सम्भावित अन्तरिम सरकार प्रमुखको नाम, अजेण्डा लगायतको विषयमा बुझ्ने काम गरिरहेको छ । सबै समूहको कुरा बुझेपछि ठोस विषयसहित राष्ट्रपतिसँग वार्ता गराउने सेनाको प्रयास छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फोटो क्रेडिट: सुवास श्रेष्ठ

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.