काठमाण्डौ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ सोमबार साँझ ४ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुनेछ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ६.८८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा २५ लाख १२ हजार १२२ जनाले २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन यो मागभन्दा बढी हो ।
मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले बाँडफाँड गर्दा कम्पनीको आइपीओ ४ लाख ३४ हजार १०८ जना भाग्यमानी लगानीकर्ताले प्राप्त गर्नेछन् ।
यसर्थमा २० लाख ७८ हजार भन्दा बढी लगानीकर्ताको हात खाली हुने निश्चित छ ।