काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा पहिलो दिनमै ४।०६ गुणा बढी आवेदन परेको हो ।
आज साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख १६ हजार ६४६ जनाले ४८ करोड ३८ लाख २२ हजार रुपैयाँ बराबरको ४८ लाख ३८ हजार २२० कित्ताका लागि आवेदन दिएका छन्, जुन यो मागभन्दा ४ गुणा बढी हो ।
कम्पनीले आजदेखि आम सर्वसाधारणका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो ।
यसअघि कम्पनीले गत भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने तय भएकोमा देशमा सिर्जना भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै उक्त आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।
कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।