काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिन अघिको आन्दोलनमा भएको आगजनीमा ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको बैंकले जनाएको छ ।
उक्त सहयोग सामग्री यस सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले वृत्तका इन्चार्ज प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।
इन्चार्ज श्रेष्ठले यस प्रकारका सहयोगले कार्यालय सञ्चालन गर्न केही सहज बन्दै गएको भए पनि क्षति ठुलो भएकाले अझै धेरै सहयोग आवश्यक रहेको बताए ।
साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै ा आएकोमा आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।