आईतवार, जेष्ठ ३,२०८३ 03:51:17
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:51:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लगानीकर्ताको दसैं: फूल्लेल गाउँमै मस्त, पाण्डे काठमाण्डौमा बिन्दास

'अर्थतन्त्र बुझेका अर्थमन्त्री आएका छन्, सेयर बजारको राम्रा दिन धेरै टाढा छैन'

Laxmi Sunrise Bank Limited
लगानीकर्ताको दसैं: फूल्लेल गाउँमै मस्त, पाण्डे काठमाण्डौमा बिन्दास
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा फुल्लेल यसपालिको दसैं मनाउन गाउँ पुगिसकेका छन् । स्थायी घर अर्घाखाँची जिल्लामा यसपालि दसैं उल्लासमय तरिकाले मनाइरहेका छन् ।  

फुल्लेल आस्तिक हुन्, त्यसकारण दसैंभर उनको समय पूजाआजामै बढी व्यतित हुने गर्छ । गाउँघरमा चाडपर्व मनाउँदाको आनन्द नै बेग्लै हुने उनी सुनाउँछन् । 

Bizshala
New Office
CG Motors

दसैंको बेला गाउँघरमा आफन्त र साथीभाईबीच भेटघाटको मौका जुर्ने हुँदा त्यो अझ रमाइलो हुने उनको अनुभव छ ।  

शहरभन्दा गाउँको दसैंको माहौल निकै रमाइलो हुने उनी ठान्छन् । उनको गाउँमा हरेक दसैंमा हतियार र बाजागाजा, झण्डासहित स्वोराय नाच हुने गर्छ । जसमा भगवान भित्राउने पनि चलन रहेको छ ।  

मांशाहारी फूल्लेलको दसैं अवधिमा मासुका विभिन्न परिकारप्रति पनि उत्तिकै ध्यान जान्छ । गाउँमा वर्षभरि नभएको चहलपहल हुने भएकोले यो पर्व उनलाई सधैं विशेष लाग्दछ ।  

फुल्लेल देशमा परिवर्तनसहित अर्थतन्त्र बुझेका व्यक्ति नयाँ अर्थमन्त्रीको रुपमा आएका कारण सेयर बजारका राम्रा दिन धेरै टाढा नभएको ठान्छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

उता, काठमाण्डौमा नै बिन्दास तरिकाले दसैं मनाइरहेका छन् नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे । यसपल्टको दसैंमा मनोरञ्जनसँगै सेयर बजारसँग सम्बन्धित नयाँ पुस्तकहरु पनि पढिरहेको उनले सुनाए । उनले काठमाण्डौका केही राम्रा ठाउँहरुको समेत भ्रमण गरिरहेका छन् । पाण्डेले भर्खरै पूँजीबजार सुधार कार्यदलले दिएका सुझावहरु कार्यान्वयन हुने र सेयर बजारका राम्रा दिनहरु आउने अपेक्षा गरे ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.