काठमाण्डौ। आज सेयर बजार दिनभर जस्तो उतारचढावपूर्ण रह्यो । इन्ट्रा डेमा बढेर २५५३ सम्म पुगेको बजार अन्त्यमा १९ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घट्यो ।
अघिल्लो दिन करिब ५ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ३६ करोडबराबरको कारोबार भयो । बजार घट्दा कारोबार पनि घट्दै जानुले बिस्तारै बिक्रीकर्ता पछि हट्दै गरेको मान्न सकिन्छ । अथवा लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा रहेका पनि हुन सक्छन् ।
प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो कारोबारमा बनेको ह्याम्मर प्रकृतिको क्याण्डललाई भ्यालिड पनि गर्न सकेन भने इन्भ्यालिड पनि गर्न नसकेको अवस्था रहेको देखिन्छ ।
यसले पनि लगानीकर्ताहरु तीव्र अन्यौलतामा रहेको बुझिन्छ । यद्यपी हालको बजार अहिले महत्वपूर्ण सपोर्ट जोनमा रहेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आगामी दिनमा बजार घटेमा क्रमश २५००,२४८० र २४५६ मा सपोर्ट रहेको छ भने बढेमा क्रमशः २५६० , २५९८ र २६६० मा प्रतिरोध रहेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।