भोल्यूम ड्राई अप भएको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
काठमाण्डौ। आज सेयर बजार दिनभर जस्तो उतारचढावपूर्ण रह्यो । इन्ट्रा डेमा बढेर २५५३ सम्म पुगेको बजार अन्त्यमा १९ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घट्यो । अघिल्लो दिन करिब ५ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ३६ करोडबराबरको कारोबार भयो । बजार घट्दा कारोबार पनि घट्दै जानुले बिस्तारै बिक्रीकर्ता पछि हट्दै गरेको मान्न सकिन्छ । अथवा...

