काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक रोजी सिग्देलले दिएको राजीनामा स्वीकृत भएको छ । असोज २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
सिग्देलले गत भदौ २५ गते सञ्चालक पदबाट राजीनामा दिएकी थिइन् । उनी संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् ।