काठमाण्डौ । जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा वार्ता सुरु भएको हो ।
यसअघि तय भएको वार्ता स्थगित भएकोमा आज फेरि सरकार र जेनजी अगुवाबीच वार्ता हुन लागेको हो ।
वार्तामा सहभागी हुनका लागि जेनजी अगूवा, प्रधानमन्त्री र केही मन्त्रीहरु पनि शीतलनिवास पुगेका छन् । उक्त वार्तामा जेनजी आन्दोलनका एजेन्डा र मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।