काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले आव २०८१/८२ को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्तापूँजीको. २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश(कर समेत)गरी कुल २५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
कम्पनीद्वारा प्रस्तावित लाभांश पारित गर्न साधारण सभा समेत डाकिएको छ । कम्पनीको सभा आगामी कात्तिक ३० गते विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।