काठमाण्डौ । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एकिकृत कारोबार सुरु गरेका छन् । दुवै संस्था गाभिएर ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट कात्तिक २ गतेबाट एकिकृत कारोबार सुरु भएको हो ।
यी दुवै संस्थालाईलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो ।
यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले पनि समाज लघुवित्तको मर्जर हुने अघिल्लो दिनसम्मको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामिण विकास लघुवित्तमा मिलान गर्नका लागि असोज २६ गते स्वीकृती प्रदान गरेको थियो ।
मर्जरपश्चात कायम हुने संस्थाको रजिष्टर्ड(प्रधान)कार्यालय बुटवल उप–महानगरपालिका–१० रुपन्देहीमा रहने छ ।