काठमाण्डौ । नयाँ सरकार गठन भएसँगै जापानको सेयरबजारले आफ्नो बुलिस लयलाई जारी राखेको छ । आज जापानको निक्की२२५ इन्डेक्सले इन्ट्रा डे मा अल टाइम हाईको रेकर्ड कायम गरेको छ ।
जापानको प्रधानमन्त्रीमा ताकाची सानेई नियुक्त भएसँगै आज निक्की२२५ इनडेक्स ०.२७ प्रतिशत अर्थात १३० अंकले बढेर ४९ हजार ३१६ विन्दुमा पुगेको छ ।
टोकियो बेन्चमार्कले ३० हजार विन्दुबाट ४० हजार विन्दुको आँकडा पार गर्न १० महिना लगाएको थियो । तर ४० हजार विन्दुबाट ५० हजार नजिक पुग्न भने जम्मा ३ महिनाको समयावधि लगाएको छ ।
विश्लेषकहरु तीव्र रुपमा वृद्धि भईरहेको सेयरमूल्यका बारेमा सचेत देखिएका छन् । तर नयाँ गठन भएको गठबन्धन सरकारले लगानीकर्ताहरु सेयर खरिद गर्न हौसिएका छन् । उनीहरुले नयाँ प्रधानमन्त्रीको पालामा आर्थिक सुधारका कामहरु आक्रामक रुपमा हुने अपेक्षा गरेको जापानको मिडियाले लेखेका छन् ।