काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुन गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागि सहकार्य गर्न सबैमा अपिल गरेकी छन् । नेपाल संवत् ११४६ को अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो अपिल गरेकी हुन् ।
यस्तै उनले लोकतान्त्रिक सबलिकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न फागुनमा हुने निर्वाचन भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्न सरकार कटिबद्ध रहेको समेत बताइन् । यसका लागि सबै राजनीतिक दल, वर्ग समुदायको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको कार्कीले बताइन् ।