आईतवार, जेष्ठ ३,२०८३ 03:59:48
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:59:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्ता सीईओ जसले एक वर्षमा बुझे १२ अर्ब बढी तलब, १०.६ अर्ब त बोनस मात्र

Laxmi Sunrise Bank Limited
यस्ता सीईओ जसले एक वर्षमा बुझे १२ अर्ब बढी तलब, १०.६ अर्ब त बोनस मात्र
Shivam Cement

काठमाण्डौ । विश्वकी तेस्रो सबैभन्दा मूल्यवान् कम्पनी माइक्रोसफ्ट का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेलालाई हालसम्मकै सबैभन्दा ठूलो तलब वृद्धि प्राप्त भएको छ।  

सन् २०२४-२५ को वित्तीय वर्षमा उनको कुल वार्षिक आम्दानी ९६.५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै १२ अर्ब ९० करोड नेपाली रुपैयाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

Bizshala
New Office
CG Motors

भारतीय मूलका नडेला सन् २०१४ मा माइक्रोसफ्टका सीईओ बनेका हुन्। विश्वका सबैभन्दा प्रभावशाली प्राविधिक नेतृत्वकर्तामध्ये एक मानिने नडेलाको कुल आम्दानीको करिब ९० प्रतिशत हिस्सा कम्पनीका सेयरबाट आउने बताइएको छ। उनको मूल तलब २.५ मिलियन डलर (करिब ३३ करोड ५० लाख रुपैयाँ) रहेको छ। गत वर्ष उनलाई ७९.१ मिलियन डलर (करिब १० अर्ब ६० करोड रुपैयाँ) प्राप्त भएको थियो।

ब्लूमबर्गका अनुसार, कम्पनीले कृत्रिम बौद्धिकता (एआइ) क्षेत्रमा माइक्रोसफ्टको असाधारण प्रगति र नडेलाको नेतृत्व क्षमताको सम्मानस्वरूप यो ‘विशेष बोनस’ प्रदान गरेको हो।

Garima Development Bank
Shivam Cement
IME remit

माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टर ले जारी गरेको वक्तव्यमा भनिएको छ-“कम्पनीका उत्कृष्ट परिणामहरूले देखाउँछ कि सत्य नडेला र उनको टोलीले माइक्रोसफ्टलाई यस पुस्ताको प्राविधिक रूपान्तरणमा एक स्पष्ट एआइ नेतृत्वकर्ताको रूपमा स्थापित गरेका छन्।”

यो वर्ष मात्रै माइक्रोसफ्टको सेयरमा २३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको एज्युर (Azure) क्लाउड कम्प्युटिङ डिभिजन प्रतिस्पर्धीहरूमाथि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

नडेलाको नेतृत्वमा माइक्रोसफ्टले एआइ स्टार्टअप र ChatGPT की मूल कम्पनी OpenAI मा १ अर्ब अमेरिकी डलर (झन्डै १३५ अर्ब रुपैयाँ) लगानी गरेको थियो। अहिले OpenAI विश्वकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बनेको छ, जसको बजार मूल्य ५०० अर्ब अमेरिकी डलर (झन्डै ६७ खर्ब रुपैयाँ) पुगेको अनुमान गरिएको छ।

सत्य नडेलाको यात्राः

भारतको हैदराबादमा जन्मिएका र हुर्केका नडेला सन् १९९२ मा माइक्रोसफ्टमा आबद्ध भएका थिए। सुरुमा उनले Windows NT विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए। पछि उनी कम्पनीको Server र Tools Division का अध्यक्ष बने र त्यसपछि Cloud Computing Operations को जिम्मेवारी सम्हाले।

सन् २०१४ फेब्रुअरी ४ मा नडेला माइक्रोसफ्टका सीईओ नियुक्त भए। उनी कम्पनीका सहसंस्थापक बिल गेट्स र स्टीभ बाल्मरपछि नेतृत्व गर्ने तेस्रो व्यक्ति बनेका हुन्।

आज नडेलाको दूरदर्शी नेतृत्व र एआइमा केन्द्रित रणनीतिले माइक्रोसफ्टलाई विश्वकै अग्रणी प्रविधि कम्पनीका रूपमा स्थायी रूपमा उभ्याएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.