आईतवार, जेष्ठ ३,२०८३ 04:00:43
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:00:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वको पहिलो एआई फाइटर जेट तयार, जसलाई उडाउन न त पाइलट चाहिन्छ न रनवे नै

Laxmi Sunrise Bank Limited
विश्वको पहिलो एआई फाइटर जेट तयार, जसलाई उडाउन न त पाइलट चाहिन्छ न रनवे नै
Shivam Cement

काठमाण्डौ । हाल एआईको प्रयोग दैनिक जीवनमा हुँदै आईरहेको छ। तर अब यसले युद्धको तस्विर पनि परिवर्तन गर्न लागेको छ । अमेरिकाको शिल्ड एआईले आफ्नो नयाँ स्टेल्थ फाइटर जेट एक्स–ब्याट लन्च गरेको छ । यो जेट एआईसँग सुसज्जित छ र कम्पनीले यसलाई आफ्नो विशेष हिभिमाइन्ड सफ्टवेयरको साथ उडान गर्ने योजना बनाएको छ।

शिल्ड एआईले यसलाई ‘ब्याक टु द फ्युचर’ दिवसको अवसरमा लन्च गरेको हो। यो जेट उडान गर्न पाइलटको आवश्यकता पर्दैन न त यसलाई उडान वा अवतरण गर्न रनवे आवश्यकता नै पर्छ । एक्स–ब्याटलाई स्केल मोडेलको रूपमा प्रस्तुत गरिएको छ, तर यो जेट इन्जिन र थ्रस्ट भेक्टरिङ नोजलहरूसँग सुसज्जित हुनेछ, जसले यसलाई फोरजी भन्दा बढी गति दिनेछ।  

Bizshala
New Office
CG Motors

एआई फाइटार जेटको फिचर्स

डिफेन्स न्यूजको रिपोर्टका अनुसार यस एआई लडाकु जेटको दायरा २,००० समुद्री माइल भन्दा बढी छ, यसले हावाबाट हावा र हावाबाट जमिनमा आक्रमण गर्ने हतियार बोक्न सक्छ। एक्स–ब्याटको सबैभन्दा ठूलो विशेषता भनेको यसको भर्टिकल टेकअफ र ल्यान्डिङ प्रणाली हो। यो विशेष लन्च र रिकभरी गाडीको सहयोगमा रनवे बिना नै उडान र अवतरण गर्न सक्छ।

यसको मतलब यो जेटले जहाज, टापु वा रनवे नभएको ठाउँबाट सञ्चालन गर्न सक्छ।

शिल्ड एआईको रिपोर्टका अनुसार एक्स ब्याटले सन् २०२६ मा पहिलो पटक भर्टिकल टेकअफ र ल्यान्डिङ गर्नेछ। यसले सन् २०२८ सम्ममा पूर्ण प्रमाणीकरण हासिल गर्ने र २०२९ मा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले उद्योगसँग साझेदारीको बारेमा पनि कुरा गरेको छ, जसले यसलाई मापन गर्न मद्दत गर्नेछ। यसको मूल्य भने खुलाइएको छैन तर एफ–१६ जस्ता प्रसिद्ध जेटभन्दा सस्तो हुने कम्पनीले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.