काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कात्तिक १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १२ औं साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी मंसिर १२ गते बुटवलमा रहेको वेष्टर्न एशियन होटलमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवका लागि सेयरधनीहरुलाई चुक्तापूँजीको.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने र अन्य उपयुक्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गने जस्ता विेशष प्रस्ताव पारित गरिनेछ ।
सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा ३ जना संस्थापक र ३ जना सर्वसाधारण समूहका सेयरधनीहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

