काठमाण्डौ । भारतीय उद्यागपति आनन्द महिन्द्राको कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आरबीएल बैंकको आफ्नो सम्पूर्ण ३.५३ प्रतिशत सेयर स्वामित्व बिक्री गरेको छ । यो सम्झौता ६७८ करोड भारुमा भएको हो । यस बिक्रीबाट कम्पनीले आफ्नो लगानीमा ६२.५ प्रतिशतको बलियो नाफा कमाएको छ ।
मुम्बईको यो ठूलो कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले २६ जुलाई २०२३ मा आरबीएल बैंकको यो सेयर किनेको थियो। त्यसपछि कम्पनीले यसमा ४१७ करोड भारु लगानी गरेको थियो ।
यो खबर बाहिरिएसँगै बिहीबार बम्बई स्टक एक्सचेञ्जमा कम्पनीको सेयर १.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार ६४७.५० भारु मा कारोबार भएको थियो । यो घोषणापछि आरबीएल बैंकको सेयर पनि बढेको छ । बैंकको सेयर १.०६ प्रतिशतले बढेर रु प्रतिकित्ता ३२७.४५ भारुमा कारोबार भएको छ ।

