आईतवार, असार १,२०८२ 08:45:31
  • आईतवार, असार १,२०८२ 08:45:31
Global IME Bank Limited

अमेरिकी सेयर बजारमा उछाल, १२८ वर्षे इतिहासकै उच्च

Hyundai Nepal
अमेरिकी सेयर बजारमा उछाल, १२८ वर्षे इतिहासकै उच्च
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार अमेरिकी सेयर बजार इन्डेक्स डाउ जोन्स इन्डस्ट्रेलिष्ट एभरेज ४० हजार विन्दु नजिक पुगेको छ । यो उचाई १२८ वर्षे इतिहासकै सबैभन्दा उच्च हो ।   

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा  कुनै पनि परिवर्तन नगरेपछि र आगामी दिनमा ब्यानदरमा कटौती गर्ने उच्च सम्भावना देखिएपछि अमेरिकी सेयर बजारमा उछाल आएको हो । बुधबार अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा तत्कालका लागि कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी एस एण्ड पी५०० इन्डेक्स पनि पहिलो पटक ५ हजार २ सय विन्दुमा पुगेको छ । एस एण्डपी इन्डेक्स ०.३ प्रतिशतले वृद्धि हुँदै ५ हजार २४१.५३ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  

डाउ जोन पनि २६९ अंकले बढ्दै ३९ हजार ७८१.५ विन्दुमा पुगेको छ । नास्डक पनि ०.२ प्रतिशतले बढ्दै १६ हजार ४०१.८४ विन्दुमा पुगेको छ ।  

स्विट्जरल्याण्ड र बेलायतको केन्द्रीय बैंकले ब्याजदरमा कटौती गरेपछि युरोप र एशियाका सेयर बजारमा पनि बुधबार वृद्धि देखिएको छ ।  

अमेरिकी ट्रेडरहरुले जुन महिनामा ब्याजदर कटौतीको सम्भावना उच्च रहेको बताएका छन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.