काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको कात्तिक २१ गते अपरान्ह २ः३० बजे बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१ ८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।
घोषित लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
हाल यो बैंकको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रहेको छ ।


