काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म इमर्जिङ नेपाल लिमिटेड १८ लाख ९४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ लाख ६७ हजार नाफामा थियो ।
कम्पनीको लगानी रहेका कम्पनीबाट प्रस्तावित लाभांश पहिलो त्रैमासमा प्राप्त नभएकाले यस अवधिमा नोक्सान देखिएको कम्पनीले जनाएको छ ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । कम्पनीको लगानीमा रहेका दुईवटा कम्पनीबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरु मध्ये एउटा आयोजना सञ्चालनमा आईसकेको छ भने अर्को निर्माणाधिन अवस्थामा छ ।
यो अवधिमा कम्पनीले अन्य स्रोतबाट ५ लाख १३ हजार आम्दानी गरेको छ । कम्पनीको रिजर्भ कोषमा ४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.३६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०८.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६५७.९ रुपैयाँले ऋणात्मक छ ।

