काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले ५८ लाख ६४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा ५.१९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ५५ लाख ७४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले बिक्रीमार्फत २८ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत २६ रोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ३९ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ ।
यो अवधिमा कम्पनीको बिक्री तथा वितरण खर्च ४ करोड ३६ लाख, प्रशासनिक तथा साधारण खर्च १७ करोड २० लाख, अन्य सञ्चालन खर्च ३ लाख २० हजार र वित्त खर्च ६७ लाख २० हजार रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा २८ करोड ४ लाख सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) भने घटेको छ । अघिल्लो आवमा ३०.६० रुपैयाँ रहेको ईपीएस घटेर २६.८३ रुपैयाँमा सीमित बनेको छ ।

