शुक्रबार, मंसिर १२,२०८२ 12:06:09
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 12:06:09
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कृषि विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ३१८.५५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३२८.९० रुपैयाँ कायम थियो । बैंकले गत आवका लागि ३.२५ प्रतिशत बोनस सेयर र ९.२५ प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

यस्तै सर्वोत्तम सिमेन्टले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ८७०.३८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१३.९० रुपैयाँ कायम थियो ।

CG Motors
Garima Development Bank
IME remit

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ४११.६५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४२४ रुपैयाँ कायम थियो । बैंकले गत आवका लागि ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यस्तै ङादी ग्रुप पावरको सेयरमूल्य पनि समायोजन हुँदै प्रतिकित्ता ३७९.५७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९७.६० रुपैयाँ कायम थियो । कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

यस्तै समायोजनपश्चात बरूण हाइड्रोपावरको सेयरमूल्य प्रतिकित्ता ३३७.८५ रुपैयाँ  कायम भएको छ । समायोजन हुुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३५३.९० रुपैयाँ कायम थियो । यो कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

आइतबारको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.