काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवका लागि १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति पनि तय गरेको छ ।
कम्पनीले १४ औं साधारण सभा पुस २१ गते आयोजना गर्ने निर्णय गरेको छ । सभामा लाभांश वितरणको प्रस्ताव पारित गरिनुका साथै गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

