आईतवार, असार १,२०८२ 08:47:04
  • आईतवार, असार १,२०८२ 08:47:04
Global IME Bank Limited

बफेट इन्डिकेटरले देखायो खतराको संकेत, के विश्वकै ठूलो सेयर बजार क्रयास हुने संकेत देखिएको हो ?

Hyundai Nepal
बफेट इन्डिकेटरले देखायो खतराको संकेत, के विश्वकै ठूलो सेयर बजार क्रयास हुने संकेत देखिएको हो ?
Nabil Bank Limited

काठमाण्डौ । ‘ बफेट’ इन्डिकेटरले खतरा अर्थात रातो संकेत दिएको छ । कुनै निश्चित समयमा स्कटको भ्यालुएसन कुन ठाउँमा छ भन्ने जान्न बफेटले सन् २००१ मा ‘ बफेट इन्डिकेटर’ प्रतिपादन गरेका थिए ।  

बुधबार त्यो ब्यारोमिटर दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । यसले अमेरिकी सेयर बजारको मार्केट रिट्रिट आउनसक्ने संकेत गरेको विश्लेषकले बताएका छन् ।  

बफेट इन्डिकेटरले अमेरिकी अर्थतन्त्रको तुलनामा त्यहाँको सेयरबजारको आकार मापन गर्ने गर्छ । यसका लागि अमेरिकाका सूचीकृत कम्पनीहरुको मूल्यलाई पछिल्लो त्रैमासको अनुमानित जीडीपीले भाग गरिन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसरी आएको अनुपातले अर्थतन्त्रको तुलनामा कम्पनीहरुको सेयरमूल्य ओभरभ्याल्युड छ वा अन्डरभ्याल्युड छ भन्ने पत्ता लगाउँछ । यसले स्टकको मूल्य न्योचित छ कि छैन भन्ने पत्ता लगाउँछ ।  

यदि स्टकको मूल्य अर्थतन्त्रभन्दा तीव्र गतिमा बढिरहेको छ भने यसलाई बबलको संकेतको रुपमा लिइन्छ । बर्कशायर हाथवेका अनुसार यदि यो अनुपात १०० प्रतिशत आयो भने यसलाई सन्तोषजनक मान्न सकिन्छ । यदि यो ७० प्रतिशत नजिक भयो भयो भने स्टक मोलमलाइको अवस्थामा रहेको बुझिन्छ । यदि अनुपात २०० प्रतिशत भयो भने चाँही लगानीकर्ता आगोसँग खेलिरहेका छन् भन्ने संकेत गर्ने बर्कशायर हाथवेले जनाएको छ ।  

अहिले बफेट इन्डिकेटरले दुई वर्ष यताकै उच्च अर्थात १९० प्रतिशत नजिक रहेको छ । पछिल्लो पटक सन् २०२२ मा बफेट इ्रन्डिकेटर उच्च विन्दुमा पुगेको थियो । त्यसबेला यो इन्डिकेटर २११ प्रतिशत पुगेको थियो । र त्यसको एक वर्षपछि अमेरिकाको एस एण्ड पी५०० १९ प्रतिशतले घटेको थियो ।

यस वर्ष अमेरिकी सेयर बजार उच्च विन्दुमा पुगेको छ । लगानीकर्ताको एआईप्रतिको उच्च आकर्षणले एनभिडिया जस्ता कम्पनीको सेयरमूल्य अल टाइम हाईमा पुगेको छ । यस्तै अमेरिकी केन्द्रीय बैंकले समेत ब्याजदरमा तीन पटकसम्म कटौती गर्न सक्ने बलियो आधार तयार भएको छ ।  

तर केहि विश्लेषकहरुले अमेरिकी सेयर बजार खतरामा रहेको बताएका छन् । उनीहरुले एआईमा देखिएको आकर्षण टिकाउ नहुने र यो मिसगाइडेड भएको बताएका छन् । यसका साथै दुई जना फेडका अधिकारीहरुले समेत  यो वर्ष ब्याजदरमा कटौती नहुने संकेत गरेको उनीहरुले बताएका छन् ।  

गत जनवरीपश्चात एस एण्ड पी५०० १० प्रतिशतले वृद्धि भईसकेको छ ।  तर बफेट इन्डिकेटरका पनि केहि कमजोरीहरु छन् । यो इन्डिकेटरले विदेशमा कम्पनीले कमाएको पैसालाई नकारेको छ र ब्याजदरले कम्पनीहरुको मूल्यमा कस्तो प्रभाव पार्छ भन्ने बारे केहि पनि बताएको छैन ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.