काठमाण्डौ । सागर डिस्टिलरीले तेस्रो वार्षिक साधारण सभा आगामी पुस २७ गते आयोजना गर्ने भएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवलपुर गैँडाकोटमा रहेको इला रिसोर्टमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, आव २०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने, दुईजना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने र एकजना सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

