आईतवार, बैशाख १४,२०८२ 12:44:48
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 12:44:48
IME remit
Global IME Bank Limited

पैसा नभएको भन्दै भारतकी अर्थमन्त्रीले गरिन् चुनाव नलड्ने घोषणा, सवारीको नाममा एउटा स्कुटी मात्रै

Hyundai Nepal
पैसा नभएको भन्दै भारतकी अर्थमन्त्रीले गरिन् चुनाव नलड्ने घोषणा, सवारीको नाममा एउटा स्कुटी मात्रै
Nabil Bank Limited

काठमाण्डौ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले चुनाव लड्ने भारतीय जनता पार्टी(भाजपा)को प्रस्ताव अस्विकार गरेकी छिन् । उनले चुनाव लड्नका लागि आफुसँग पैसा नभएको भन्दै भाजपाको प्रस्ताव अस्विकार गरेकी हुन् ।  

भारतको अर्थतन्त्र सम्हालिरहेकी सीतारमणले पैसाको अभावका कारण लोकसभा निर्वाचन नलड्ने बताएकपछि सर्वत्र चर्चा भएको छ । उनले आफु्लाई भाजपाका अध्यक्ष जेपी नड्डाले आन्ध्र प्रदेश या त तमिलनाडुबाट चुनाव लड्न प्रस्ताव गरेको तर चुनाव लड्नका लागि प्रयाप्त फंडको अभावका कारण उक्त प्रस्ताव अस्विकार गरेको बताएकी छन् ।  

सन् २०१९ मा भारतको निर्वाचन आयोगमा दर्ता भएको विवरण अनुसार निर्मला सीतारमणको सम्पत्ति करिब २ करोड भारुभन्दा बढी छ । उनीसँग ३० लाख भारु ऋण पनि रहेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

भारतीय प्रधानमन्त्रीको कार्यालयको वेवसाइटमा राखिएको जानकारी अनुसार सन् २०२२ सम्म निर्मला सीतारमणसँग केवल ७ हजार ३५० नगद र विभिन्न बैंक खातामा ३५ लाख ५२ हजार ६६६ भारु छ । भारतीय मिडियाहरुका अनुसार अर्थमन्त्री सीतारमणले पीपीएफमा १ लाख ५९ हजार ७६३ भारु लगानी गरेकी छिन् ।  

यस्तै उनको म्युचुअल फण्डमा ५ लाख ८० हजार ४२४ भारु लगानी छ । उनीसँगै कुनै पनि बीमा पोलिसी रहेको छैन । उनीसँगै कुनै पनि कार पनि नरहेको जनाइएको छ । उनीसँग सवारी साधनको नाममा एउटा स्कुटी मात्रै छ । जसको मूल्य २८ हजार भारु पर्छ । गहनाको रुपमा उनीसँग १८ लाख ४६ हजार भारुबराबरको गरगहना छ ।  

यस्तै सीतारमणसँग ३१५ ग्राम सुन छ । जसको हालको बजारमूल्य २० लाख भारु पर्छ ।  अचल सम्पत्तिको कुरा गर्दा सीतामरणसँग हैदरावादमा १ करोड ७० लाख रुपैयाँ मूल्य भएको एउटा आलिसान घर छ । निर्मला सीतारमण भारतको पहिलो पूर्णकालिन महिला अर्थमन्त्री हुन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.