काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एलआईसी नेपाल, इमर्जिङ नेपाल, निर्धन उत्थान लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, चिलिमे जलविद्युत कम्पनी, अपर हेवाखोला हाईड्रोपावर,महुली लघुवित्त र फर्स्ट माईक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कुन कम्पनीको लाभांश कति ?
एलआईसी नेपाल
कम्पनीले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको छ ।
इमर्जिङ नेपाल
कम्पनीले आव २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा सञ्चित कोषबाट हाल कायम चुक्तापूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको छ ।
निर्धन उत्थान लघुवित्त
संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम चुक्तापूँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १२ प्रतिशत लाभांश दिने भएको छ ।
ग्रीन डेभलपमेन्ट बैंक
बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ ।
चिलिमे जलविद्युत कम्पनी
कम्पनीले आव २०८१/८२ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश दिने भएको छ ।
अपर हेवाखोला हाईड्रोपावर
कम्पनीले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।
महुली लघुवित्त
संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
फर्स्ट माईक्रोफाइनान्स लघुवित्त
संस्थाले गत आवका लागि सेयरधनीहरुलाई ६.५ प्रतिशत नगद लाभांश (कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

