काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सञ्चालक बृद्धि अकेला सर्वसम्मत रुपमा पुनःचयन भएका छन् । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अकेलालाई पुनः अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तै उक्त दिनै सम्पन्न साधारण सभाले संस्थाको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गरिरहेका सञ्चालकहरु बुद्धि अकेला, रुपेश वाग्ले, सुशोभन देवकोटा र अनमामिका कुँवरलाई बैंकको तर्फबाट सञ्चालक पदमा पुनः मनोनयन गरेकाले निजहरुलाई सञ्चालक पदमा अनुमोदन गरेको छ ।

