काठमाण्डौ । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७ गते, २०८२ सम्म देशव्यापी ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।
जाडो मौसमले सवारी साधनमा नदेखिने खालका समस्याहरू निम्त्याउन सक्छ । चिसोको समयमा पनि गाडीको कार्यक्षमता दुरुस्त राख्न कम्पनीले आफ्ना ग्राहकहरूलाई सवारी जाँच गराउन सुझाव दिएको छ । यस क्याम्पको मुख्य उद्देश्य चिसो मौसमले गाडीमा पार्ने प्रभावबारे ग्राहकहरूलाई सचेत गराउनु र उत्कृष्ट सेवा प्रदान गर्न रहेको कम्पनीले जनाएको छ ।
यस क्याम्पअन्तर्गत सुजुकीका ग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मत सम्भारमा विशेष छुट र चिसो मौसममा गाडीलाई सुरक्षित राख्ने सम्बन्धमा विशेषज्ञको सल्लाह प्राप्त गर्नेछन्।
कम्पनीले सबै सुजुकी धनीहरूलाई यस अवसरको फाइदा उठाई आफ्नो सवारी साधनलाई सधैं राम्रो अवस्थामा राख्न प्रोत्साहन गरेको छ ।
सर्भिस क्याम्पका दौरान ग्राहकहरूले विभिन्न छुट र अफरहरूका साथै आकर्षक उपहारको अवसर पनि पाउनेछन्। सहभागी ग्राहकहरूमध्ये ८ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ’स्टेकेसन प्याकेज’ प्राप्त गर्नेछन् ।
सर्भिस क्याम्पका मुख्य सुविधाहरूः
–निःशुल्क एसी र हिटर जाँच
–ब्याट्रीको निःशुल्क जाँच
–निःशुल्क एसडीटी जाँच
–सम्पूर्ण गाडीको वृहत् निरीक्षण
–लेबर चार्जमा २० प्रतिशत सम्म छुट
–स्पेयर पाट्र्स र इन्जिन आयलमा १० प्रतिशत सम्म छुट

