शुक्रबार, बैशाख ४,२०८३ 10:17:21
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:17:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण र हकप्रदको प्रस्ताव पारित हुने

Bizshala
सुपरमाई हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण र हकप्रदको प्रस्ताव पारित हुने
Shivam Cement

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले लाभांशको अजेण्डा पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औं साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी फागुन १७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७।८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने, कम्पनीको पूँजी संरचना परिवर्न गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने आव २०८१÷८२ को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने र आव २०८२÷८३ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

सभामा सञ्चालकको नियुक्तीलाई अनुमोदन समेत गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.