काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको वित्त खर्च घट्नु र आम्दानी बढ्नु कम्पनीको नाफा बढ्ने आधार बनेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ६६.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ११ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको विद्युत बिक्री आम्दानी १० करोड ८८ लाख रहेको थियो ।
यस्तै कम्पनीको वित्त खर्च उल्लेख्य घटेको छ । अघिल्लो आवमा ३ करोड ९३ लाख रहेको वित्त खर्च घटेर १ करोड ६२ लाखमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च २२ लाख ६९ हजारबाट बढेर २९ लाख ८२ हजार पुगेको छ ।
कम्पनीको चुक्तापूँजी ८० करोड रहेको छ । अघिल्लो आवमा १३ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिजर्भको आकार ६७ लाख ९६ हजार रुपैयाँले धनात्मक बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१६.५४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १००.८५ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२.३१ गुणा र तरलता अनुपात २.४१ प्रतिशत कायम छ ।

