आईतवार, माघ २५,२०८२ 06:10:28
Bizshala
  • आईतवार, माघ २५,२०८२ 06:10:28
Bizshala
Global IME Bank Limited
Bizshala

टाटाले ल्याउँदैछ पंच.ईभीको फेसलिफ्ट, नयाँ डिजाइन, उन्नत प्रविधि र उही भरपर्दो रेन्ज

टाटाले ल्याउँदैछ पंच.ईभीको फेसलिफ्ट, नयाँ डिजाइन, उन्नत प्रविधि र उही भरपर्दो रेन्ज
Shivam Cement

काठमाण्डौ । टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी पंच। ईभीलाई नयाँ अवतारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले सन् २०२६ मा यसको फेसलिफ्ट संस्करण सार्वजनिक गर्ने योजना बनाएको छ। यद्यपि पंच ईभी बजारमा आएको करिब दुई वर्ष मात्र भएको छ, पेट्रोल संस्करणको फेसलिफ्टसँग तालमेल कायम राख्न यसलाई पनि अपडेट गर्न लागिएको हो।

नयाँ २०२६ टाटा पंच ईभीमा डिजाइनदेखि लिएर फिचरसम्म उल्लेखनीय परिवर्तनहरू देख्न सकिन्छ।

के–के हुनेछ नयाँ ?

१. बाहिरी डिजाइनः अझ आधुनिक र आकर्षक

-नयाँ पंच ईभीको डिजाइन हालै सार्वजनिक भएको पेट्रोल पंच फेसलिफ्ट बाट प्रेरित हुनेछ।

-अगाडिको भागः नयाँ डिजाइनका एलईडी डिआरएल र अझ मजबुत देखिने बम्पर

-साइड प्रोफाइलः एयरो–अप्टिमाइज्ड नयाँ अलोय ह्विल्स, जसले हावाको प्रतिरोध घटाई रेन्ज बढाउन सहयोग गर्छ

-पछाडिको भागः नयाँ एलईडी लाइट बार, परिमार्जित बम्पर र केही नयाँ रङ विकल्पहरू

Bizshala
Garima Development Bank
New Office

२. केबिन र फिचर्सः प्रविधिमा ठूलो सुधार

केबिनको आधारभूत लेआउट पहिले जस्तै रहनेछ, तर प्रविधिको हिसाबले ठूलो अपग्रेड अपेक्षित छ।

सम्भावित फिचर्सः

-नेक्सन ईभी जस्तै १२.३ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम

-३६० डिग्री क्यामेरा

-भेन्टिलेटेड (चिसो हावा दिने) सिटहरू

-वायरलेस चार्जिङ

-डिजिटल ड्राइभर डिस्प्ले

-सनरुफ

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

३. ब्याट्री र रेन्जः ठूलो परिवर्तनको सम्भावना छैन

ब्याट्री र पावरट्रेनमा खासै परिवर्तन हुने अपेक्षा गरिएको छैन। पहिले जस्तै दुई ब्याट्री विकल्प उपलब्ध हुनेछन्।

-२५ किलोवाट ब्याट्रीः एक पटक पूर्ण चार्ज गर्दा करिब २६५ किलोमिटरको रेन्ज

-३५ कलिोवाट ब्याट्रीः करिब ३६५ किलोमिटरको दाबी गरिएको रेन्ज

-प्रदर्शन र ड्राइभिङ अनुभव पनि पहिले जस्तै चुस्त रहनेछ।

४. लन्च मिति र मूल्य

लन्च मितिः २० फेब्रुअरी २०२६

सम्भावित मूल्यः हालको मोडेलभन्दा करिब २० हजार भारुदेखि ३० हजार रुपैयाँसम्म महँगो

नयाँ पंच ईभी फेसलिफ्टको एक्स–शोरूम मूल्य करिब ९.९९ लाखदेखि १४.७ लाख भारुको आसपास हुन सक्ने अनुमान गरिएको छ। 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.