शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:57
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:57
Bizshala
Global IME Bank Limited

त्रिशुली जलविद्युत ६.२५ करोड घाटामा, रिटेन्ड अर्निङ पनि ३५.८१ करोड ऋणात्मक

त्रिशुली जलविद्युत ६.२५ करोड घाटामा, रिटेन्ड अर्निङ पनि ३५.८१ करोड ऋणात्मक
Shivam Cement

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड २५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी ८० लाख ११  हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीले १ लाख ४७ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कर्मचारी खर्च १ करोड २६ लाख रुपैयाँ र प्रशासनिक तथा सामान्य खर्च ७८ लाख ८४  हजार रुपैयाँ रहेको कम्पनीको कुल खर्च ६ करोड २६ लाख रुपैयाँ रहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले गरेको कुल खर्च अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले ८० लाख ११ हजार रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।  

यो अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङको आकार ३५ करोड ८१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ५७ करोड ९१ लाख र कुल चालु दायित्व १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३.४९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७९.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०८.३० गुणा ऋणात्मक अवस्थामा छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.