शुक्रबार, फाल्गुन १५,२०८२ 03:44:58
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 03:44:58
Bizshala
Global IME Bank Limited

सिईडिबी होल्डिङ्सको नाफामा ५०.६४% को सुधार, ईपीएस ६१.०३ रुपैयाँ पुग्यो

सिईडिबी  होल्डिङ्सको नाफामा ५०.६४% को सुधार, ईपीएस ६१.०३ रुपैयाँ पुग्यो
Shivam Cement

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडले आम्दानीमा सुधार गर्दै नाफा बढाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३१ करोड ५६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 यो अवधिमा कम्पनीले ३२ करोड ५८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यस्तो रकम अघिल्लो आवमा २३ करोड १ लाख रुपैयाँमा सीमित थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ६० करोड ४ लाख रुपैयाँबाट बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । १ अर्ब ३ करोड बढी चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ६२ करोड ७१ लाख र कुल चालु दायित्व ८३ लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीसँग भएको लगानीयोग्य रकमलाई मुद्दती खातामा राखिएकाले कम्पनीको नगद मौज्दात तथा तरलता बढेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६१.०३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ २४०.८७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४७.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.७७ गुणा रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.