शुक्रबार, फाल्गुन १५,२०८२ 03:45:03
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 03:45:03
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्टको नाफामा ५२८% को उछाल, २०% ले घट्यो खर्च

शिवम्  सिमेन्टको नाफामा ५२८% को उछाल, २०% ले घट्यो खर्च
Shivam Cement

काठमाण्डौ । खर्च नियन्त्रणमा प्राप्त भएको सफलताका कारण शिवम् सिमेन्टको नाफामा आकर्षक वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५२८.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ६८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको बिक्री आम्दानी भने केही घटेको छ । अघिल्लो आवमा ३ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको बिक्री आम्दानी घटेर ३ अर्ब ९ करोड रुपैयाँमा सीमित बनेको छ । बिक्री आम्दानीमा कस्ट अफ सेल्स घटाउदा भने कम्पनीको ग्रस प्रफिट भने बढेको छ । अघिल्लो आवमा ४० करोड १ लाख रहेको कम्पनीको ग्रस प्रफिट बढेर ६५ करोड ४४ लाख पुगेको छ ।

कम्पनीले यो अवधिमा १० करोड ८२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी कम्पनीले २०.११ प्रतिशतले खर्च घटाएको छ । कम्पनीको खर्च ४४ करोड ६४ लाखबाट घटेर ३५ करोड ६६ लाखमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार पनि ३ अर्ब १५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५३ करोड पुगेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ३२ करोड र कुल चालु दायित्व २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५.१० रुपैयाँ र तरलता अनुपात १.५२ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.